Section 8
खास खास होटेल वा पसल र क्षेत्रमा मदिरा बेच्न र खुवाउन नहुने
दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले तोकिए बमोजिमका होटल, पसल वा क्षेत्रमा आवश्यकता अनुसार नेपाल राजपत्र, प्रदेश राजपत्र वा स्थानीय राजपत्रमासूचना प्रकाशित गरी सोही सूचनामा तोकेको होटेल, पसल वा क्षेत्रमा मदिरा बेच्न र खुवाउन निषेध गर्न सक्नेछ ।